प्रदेश ६ को न्वारान सकियो: नाम कर्णाली, राजधानी सुर्खेत

प्रदेश ६ को न्वारान सकियो: नाम कर्णाली, राजधानी सुर्खेत

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

सुर्खेत, फागुन १२ ।
प्रदेश नम्बर ६ को स्थायी राजधानि र प्रदेशको नाम टुङगो लगाइएको छ । आज बसेको बसेको प्रदेशसभाको बेठकले प्रदेश ६ को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर तोकेको छ ।
आज बसेको प्रदेशसभाको बैठकले अध्याधिक मत सहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।
बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गर्नुभयो भने विपक्षी दल नेपाली कांग्रेसका का नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउ प्रस्ताव राख्नुभएको थियो ।
यो प्रदेशमा ४० जना सांसद रहेकोमा एमालेका चन्द्रबहादुर शाहीले राजीनामा दिएपछि अहिले ३९ जना सांसद रहेका छन । ३९ जनामध्ये ३७ जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा ३६ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ