ललितपुर , १२ फागुन ।
सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको दमन अझै रोकेको छैन । नेता कार्यकर्ता गिरफ्तारीको बिरोधमा देश तथा बिदेबाट आवाज उठिरहदा सरकारी पक्षले भने अझै दमन तथा गिरफ्तारीलाई निरन्तरता दिएको हो ।
यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्ता लाई प्रहरीले गिरफतार गरेको छ । ललितपुरको चापागाँउबाट नेकपाका कार्यकर्ता ध्रुब अधिकारी ,बलराम राणा ,कमल गुरुङलाई प्रहरीले गिरफ्तार गरेको हो ।
बाटोमा हिडिरहेको बेला बिनाकारण उनिहरुलाई गिरफतार गरेको नेकपाले जनाएको छ ।
शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने जनताको मौलिक अधिकारलाई कुण्ठित गर्दै विनाकारण आफ्ना नेता कार्यकर्ता गिरफ्तारी गरेको प्रति नेकपाले आपति जनाएको छ ।
नेकपा ललितपुरका सेक्रेटरी विपिनले गिरफ्तार सबै कार्यकर्ता रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवारी स्वयम ओली सरकार हुने बताउनु भयो ।