एजेन्सी १२ फागुन ।
अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो आणविक परिक्षण कार्यक्रमलाई जारी राखेकाले थप नाकाबन्दी लगाउने तयारी भएको बताइएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न महत्वपूर्ण प्रयास हुने बताउनु भएको छ । अबको नाकाबन्दी उत्तर कोरियाविरुद्ध अहिलेसम्म भएका मध्ये सबैभन्दा कडा नाकाबन्दी हुने टम्पको भनाइ छ ।
नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ । नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको अन्तार्रष्टिय सन्चार माध्यमले जनाएका छन् ।
जसमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक÷एक कम्पनी छन् । उत्तर कोरियामाथि अमेरिकाले यसअघि पनि कयौं प्रतिबन्ध लगाइसकेको छ ।