नेकपाकाले आज देशभर बिरोध प्रदर्शन गर्दै

नेकपाकाले आज देशभर बिरोध प्रदर्शन गर्दै

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १२ फागुन ।
गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले आज पनि संघर्षको कार्यक्रम जारी राखेको छ ।

शान्तिपूर्ण कार्यक्रममा राज्यबाट भएको दमनको विरोध गर्दै नेकपाले आज काठमाडौ उपत्यकासहित देशभर प्रर्दशनका साथै विरोध कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरमा गत आइतबार भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्युरो सदस्य पदम राईसहितका नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

गिरफ्तारमा परेका नेताहरुविरुद्ध सार्वजनिक मुद्धा लगाएपछि नेकपाले देशव्यापी चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । यसअघि हिजो देशैभर प्रधनामन्त्री केपी शर्मा ओलीको पुत्लादहन तथा विरोध कार्यक्रम आयोजना गरिएको थियो ।

पूर्वघोषित कार्यक्रम अनुसार आज देशैभर विरोध सभाको आयोजना गरिएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिनुभयो । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा गर्दै पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल विनाशर्त रिहाइ नगरे कडा प्रतिकारमा उत्रने नेकपाको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ