पूर्वयोजनाअनुसार गरिब परिचयपत्र वितरण थालेपछि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, सचिवालयका निर्देशकसहितको १० सदस्यीय टोली गरिबीको स्थिति र व्यवस्थापनको प्रक्रिया अध्ययन गर्न दक्षिणपूर्वी मुलुकहरूको भ्रमणमा निस्केका छन् ।
मन्त्रालयका सचिव गोपीनाथ मैनाली, सचिवालयका निर्देशक रामहरि गैरे, अरुणकुमार गुप्तासहित स्टोरकिपरसम्मको टोली १० दिन लामो अध्ययन भ्रमणमा थाइल्यान्ड र भियतनाम पुगेका छन् । ‘गरिब परिवार सहयोगको अभियानमा ऊर्जा थप्न र बाँकी काममा तदारुकता पहिल्याउन सचिवज्यूसहितको टोली विदेश भ्रमणमा गएको हो,’ मन्त्रालयका सहसचिव रघुराम बिष्टले भने ।
५ जिल्ला, ५ गाउँको गरिबी सुची
जिल्ला : गाउँ : गरिब परिवार :
सिरहा भगवानपुर १८८६
सिन्धुली फिक्कल १६०४
बागलुङ निसीखोला १५६३
बाजुरा स्वामीकात्र्तिक १६३८
कैलाली मोहन्याल २३८६
कान्तिपुरबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline