काठमाडौँ ,फागुन ११।
रंगहरुको पर्व होली , वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ” चीर ” ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ ।
३२ हात अग्लो बासमा मयलको हांगा साथै विभिन्न रगका रगिंविरगिं कपडा राखेर ठडयाइएसंगै देशभर होली पर्व सुरु भएको मानिन्छ । गुहेश्वरी बनमा रहेको मयलको रुखको हांगा काटेर यसलाई गुहेश्वरी मन्दिर र पशुपतिनाथलाई चढाइएको थियो ।
होली सुरु भएको भन्दै यसरी मयलको रुखको हांगा चढाउने परम्परा रहेको छ । बाकी रहेको हागा त्यहाबाट हनुमानढोका ल्याएर मानन्धर समुदाय गुठिका प्रतिनिधि गुठियारबात बिहानको ११ ५७ को शुभ साइतमा परम्परा अनुसार चिर ठध्याइएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ ।
यस वर्ष पहाडी जिल्लाहरुमा फागुन १७ गते र तराई–मधेसका जिल्लाहरुमा फागुन १८ गते होली पर्व परेको छ । त्यो दिन सरकारले सार्बजनिक विदा दिएको छ ।
बसन्त ऋतुको आगमनका रुपमा नि यो पर्व मनाइने गरेको छ । फागु र चीरको बारेमा एस्तो छ इतिहास उपत्येकाको छुट्टै आख्यान अनुसार परापुर्व कालमा थबही हालको ठमेल निवासी प्रख्यात व्यापारी शिहसार्थ वाहु आफ्ना ७ सय व्यापारीहरुका साथ तिव्वतको ल्हासामा ब्यापार गरि फर्किने क्रममा ब्रम्हपुत्र नदि पार गर्न लाग्दा अतिसुन्दर सुन्दरी युवतीको भेषमा राक्षेसनीहरुले आफ्नो प्रेमजालमा फसाउछन् र राति एक एक गरि तिव्यापरिहरुलाई आहारा बनाई खाने गरेछन् ।
तर सिहसर्थ वहुले योकुरा थाहा पाई तन्तिक शक्तिले वायुपंखी घोडामा सवार भएर काठमाडौँ फर्केछन् । यही खुसीयालीमा प्रत्येक बर्ष बसन्तपुर कुमारी घर अगाडी चीर उठाई हर्षोल्लास पुर्वक सप्ताह ब्यापी फागु खेल्ने परम्परा थालिएको इतिहास खोज कर्ता लेखक पदम श्रेष्ठले आफ्नो पुस्तक ”नेपाल जात्रा सस्कृतिमा” उल्लेख गरेको छ ।
लेखले उपत्येकामा मानिने यो पर्वलाई फागु पर्व मात्र भन्न सकिने र होलिका संग कुनै सम्बन्ध नभएको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
