काठमाण्डौ , ११ फागुन ।
अखिल (क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटि कलेजमा सातौ इकाइ सम्मेलन सम्पन्न भएको छ ।
करिब ६० जना प्रतिनिधि रहेको ससम्मेलनले पर्सुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय मुल इकाई समिति निर्वा्चित गरेको छ ।
जसमा क्रमश : उपाध्यक्षद्धय कविन गुरुङ्ग र भास्कर भण्डारि,सचिव तिर्थराज वुडा,सहसचिवद्धय चतुर्भुज उपाध्याय र सारधा खड्का तथा कोषाअध्यक्ष प्रेमप्रकास पोख्रेल निर्वाचित भएका छन् ।गौरब घिमिरेलाई ईन्चार्ज बनाईएको छ ।

उक्त सम्मेलनमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीले औपनिवेसिक शिक्षाको खारेजि गर्न सवै विध्यर्थिहरु एकतावद्ध हुनुपर्ने कुरा राख्नुभयो ।

साथै उहाँले बैज्ञानिक समाजबादि शिक्षाकोबारेमा बैचारिक प्रशिक्षण दिनु भएको थियो । उक्त सम्मेलनमा केन्द्रीय सचिवालय सदस्य सुनिता वम् केन्द्रीय सदस्य लोकेन्द्र सार्कीले सुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्मेलनमा केन्द्रिय सदस्य पुस्प न्यौपाने,शैलेन्द्र घिमिरे , सिटिइभिटि जिल्ला संयोजक प्रजोल शाही लगाएतको विशेष उपस्थिति थियो

सोहि कार्यक्रममा खेलाडीहरुलाई सम्मान पत्र र खादा पहिरेर सम्मा पनि गरिएको छ ।


