काठमाण्डौ , ११ फागुन ।
आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन आदिबासी जनजाति पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाले तीन महिला पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।
१०८औं अन्तर्रा्ष्ट्रिय नारी दिवसका अवसरमा भोली आदिवासी जनजाति महिला पत्रकारहरुको भेला तथा तीन महिला पत्रकारहरु लाई सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
पुस्कृत हुनेमा अपांगता २ तथा सम्पादक महिला १ जना रहेका छन् ।
तमु बौद्ध सेवा समिति, अनामनगरमा भोली हुने कार्यक्रममा सुचनाको हक र महिला पत्रकारको सुनिश्चतता विषयमा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले अभिमुखिकरण गर्ने पर्ने जनाईएको छ ।
सोहि कार्यक्रममा नै नेपाल भाषामा प्रकाशीत आयोगबाट प्रकाशित मिसापिनि सुविधा सम्बन्धी सुचं ः ( महिलाका सुविधासम्बन्धी सुचना) पुस्तिकाको लोकार्पण गरिने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline