आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ११ फागुन ।
राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ ।

यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ ।

यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि राजधानिमा शुरु गरिएको छ ।

एकहप्ते सो प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले जनाएको छ ।

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पूँजी लगानी, ऋण पहुँचलगायतका विवरण संकलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी