इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, फागुन ११ । शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा रहेको भेटिएको छ ।

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो ।

नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ । प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार मनोजले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुन सक्छ ।

मनोजका साथबाट भेटिएको फरक नामको पासपोर्टपछि उनले कसरी फरक नाममा फरक जिल्लाबाट नागरिकता निकाल्न सफल भए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । स्रोतका अनुसार नक्कली अभिभावक खडा गरेर पुनले नवलपरासीबाट नागरिकता लिएको र त्यसैका आधारमा पासपोर्ट बनाएको देखिन्छ ।

पुनको साथमा भेटिएको पासपोर्टबाट उनले कुनै देशको यात्रा गरेको देखिँदैन । तर फरक नाममा निकालेको नागरिकता र पासपोर्टकै आधारमा उनले आफ्नो अपराध कर्मलाई लुकाइरहेको हुन सक्ने प्रहरीको अनुमान छ । पुनको साथबाट राना सराङकोटीका नाममा रहेको प्रभु बैंकको एटीएम कार्डसमेत फेला पारेको छ । उक्त एटीएम कार्ड उनको आफ्नै थियो कि अरू कसैका नाममा निकालिएको कार्ड उनले चलाएका थिए भन्ने चाहिँ खुलेको छैन । उक्त नामको खाताको विस्तृत कारोबार विवरण हेरेपछि खाताको वास्तविक व्यक्ति को हो भन्ने पत्तो लाग्नेछ । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ