जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, भोलि नै समिति गठन गरेर छानविन गर्ने

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, भोलि नै समिति गठन गरेर छानविन गर्ने

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

१० फागुन,दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको छ।

चालसहित ९ जना सवार लु १ ज ३५३२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले बताएको छ । महाबु गाउँपालिका-४ की २२ वर्षीया निर्मला पाण्डे, सोह गाउँपालिका-५ का ३५ वर्षीय श्रम शाही र ६ निवासी २९ वर्षीया निर्मला शाही मृत्यु भएको छ । त्यस्तै सुर्खेत घर भएका तिलक ढकाल पनि मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जीप ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

यसैबीच , प्रदेश नम्बर ६ का अान्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दैलेख जीप दुर्घटनाको सत्यतथ्य छानविन गर्ने बताएका छन् ।

विहीबार साँझ दुर्घटनाबारे प्रतिक्रिया दिँदै मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भोलि नै समिति गठन गर्ने जानकारी दिएका छन् । मन्त्री भण्डारीले जीपमा सवार ४ जनाको घटनास्थमै मृत्यु भएको र ४ जनाको अवस्था गम्भीर भएको जानकारी दिँदै घटनास्थलमा प्रहरी टोली पुगेर उद्दार गरिरहेको बताए ।

मन्त्री भण्डारीले भने, ”अाज दैलेखमा भएकाे जीप दुर्घटनाले स्तब्ध बनाएकाे छ । सवार यात्रुहरूमध्ये ४ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाइते भएका छन् । ड्राइभरकाे अवस्था सामान्य छ । घटनास्थलमा प्रहरी टाेली पुगेर घाइतेहरूकाे उद्दार गरिरहेकाे छ ।
याे दुर्घटनाप्रती प्रदेश नं. ६ काे अान्तरिक मामिला तथा कानुन मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । घटनाकाे सत्य तथ्य छानविन गर्न भाेली एक समिति गठन गरिनेछ ।”

मन्त्री भण्डारीले घटनामा ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली र घाईतेहरूमा सिघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ