अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

 

अफगानिस्तान, १० फागुन।

अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ ।

उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर
भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।

बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ ।

घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ