नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक

नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

१० फागुन,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्‍य तथा प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड )की आमाको निधन भएको छ ।

कालिकोट माल्कोटस्थित घरमा ७२ वर्षीय भरता विश्वकर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही समयदेखि दम र नशा सम्बन्धी रोगबाट पीडित भरताको विहीबार दिउँसो १ बजे निधन भएको नाती नरेन्द्र विश्वकर्माले जानकारी दिए ।

भरता विश्वकर्माका दुई सन्तान कोपिला विश्वकर्मा र योद्धा विश्वकर्मा जनयुद्धमा सहिद भएका थिए । प्रवक्ता प्रकाण्ड एबम् महान शहिदहरुको आमाप्रति मिर्मिरे अनलाईन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछ ।
यसैबीच, नेकपाका महासचिव विप्लवले बिहिवार दिउँसो भएको भरता विश्वकर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रकाण्ड र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेका छन ।

बिज्ञप्ती :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ