काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले आफू वृद्धभक्ताको उमेर आधार वर्ष ७० नै सही भएको पक्षमा रहेको बताएकी छिन् । बिहीबार रिपोटर्स क्लयमा भएको कार्यक्रममा मन्त्री थापाले भनिन्, ‘जेष्ठ नागरिकको उमेर ७० वर्ष नै सही रहेकाे बताइन् ।
उनले भनिन्, बृद्धभक्ताको लागि अहिले जे चलिरहेको छ, त्यसैलाई निरन्तरता दिनुपर्छ, त्यो भनेको ७० वर्ष नै हो ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले बृद्धभत्ताको उमेर ७० बाट घटाएर ६५ बनाएको थियो । जसको विरोध र समर्थन भइरहेको छ ।
वर्तमान सरकारले यसअघि राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस समेट उल्टाएको थियो । मन्त्री थापाले संविधानले नै स्थानीय, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेकोले अहिले महिलाहरु आएको बताउँदै मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुुनपर्नेमा जोड दिईन् । उनले भनिन्, ‘समावेशिताका आधारमा पनि ३३ प्रतिशत महिलाहरुको सहभागिता हुन्छ भन्नेमा म विश्वस्त छु, प्रधानमन्त्री ओलीले पनि गराउनुहुन्छ भन्नेमा आशावादी छु, तर संविधानमै प्रष्टै लेखिदिएको भए राम्रो हुन्थ्यो ।’