नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले अाज बुटवलमा अायाेजना गरेकाे “कथित बाम सरकारको ज्यादती र लोकतन्त्र” बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली निरङकुश बनेकेा बताएका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटेरी अमर आरसि, क्रान्तिकारी माओबादीका पुर्ब सेक्रेटेरी भुलबहादुर सुनारी, माओबादी केन्द्रका सहसंयोजक पुरन गुरुङ, राजमो सचिव दिपक पौडेल, काँग्रेसका जिल्ला प्रतिनिधि बिष्णु पोखरेल, बाम बुद्धिजीवी तथा लेखक दील साहनि, माक्सबादी बिचारमञ्चका अध्यक्ष युबराज पन्थी, राष्ट्रीय स्वाधीनता नागरिक अभियानका पदम कार्की, मालेमा अध्ययन केन्द्रका बिनबहादुर कुँवर, बरिस्ठ अधिबक्ता तेजप्रसाद कँडेल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं लगायतले बोल्दै केपी अाेलि सरकारले स्वतन्त्र राजनितीक कार्यक्रममा माथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको र पतनको बाटो अँगालेको बताएका छन। बक्ताहरुले अाेली सरकार पञ्चायती व्यवस्थामा फर्कन खोजेको टिप्पणी समेत गरेका छन ।
बक्ताहरुले संसदीय संविधान र लोकतन्तको मुल्यमान्यता भन्दा बिपरित गएर सभा सम्मेलन गर्न पाउने बिचार राख्न पाउने अधिकार लाई समेत बन्चित गरेको प्रति बक्ताहरुले बिरोध जनाएका छन।
केपि प्रधानमन्त्री भए लगत्तै युवाहरुको सम्मेलनमा बिराटनगर पुगेका पार्टीका स्थायस समिति सदस्य हेमन्त प्रकाश वलि सुदर्शन र पोलिट्ब्युरो सदस्य पदम राई लगायतलाई गिरफ्तार गरि सम्मेलन समेत गर्न नदिएपछि नेकपाले अान्दोलनका कार्यक्रम अगाडि बढाएको छ।
धरपकडको बिरोधमा ८ गते नेपाल बन्द गरिए पनि नेताहरुलाई नछोडी उल्टै मुद्धा लगाएपछि पार्टी थप आन्दोलित भएको हो। कार्यक्रम अनुसार आज देशै भरि अन्तरक्रियाहरु भएका छन। बुटवलमा सम्पन्न अन्तरक्रियामा नवीन थारुको अध्यक्षता, शिशिर जिसीको संचालन र बिनोद खनालले स्वागत गरेका थिए ।