नेकपामाथि गरिएको दमन र हस्तक्षेपका विरुद्ध प्रतिरोधकाे विकल्प छैन

नेकपामाथि गरिएको दमन र हस्तक्षेपका विरुद्ध प्रतिरोधकाे विकल्प छैन

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

झापा , १० फागुन । 

झापाको बिर्तामोडमा सरकारद्वारा नेकपामाथि गरिएको दमन र प्रहरी हस्तक्षेपको विषयलाई लिएर अन्तरकृया कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्ने वक्ताहरुले सरकाद्वारा जनताको मौलिक हक माथी प्रतिबन्ध लगाउदै बिराटनगरमा नेकपाको युवा जनस्वयंसेवकको कार्यक्रम माथी गरिएको दमनको बिरोध गरेका छन् । कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारी पार्टीका झापा सेक्रेटरी निर्मलले तानाशाही  तरिकाले राज्य आएको हुदा त्यसको प्रतिरोध गर्नु बाहेक अरु बिकल्प नभएको वताए । यस्तै नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पुर्बी कमान इन्चार्ज सर्वश्रेष्ठले दलाल पुँजीवादी व्यवस्थाले तानाशाही शैलीमा नेकपालाई दमन गरेको भन्दै वर्तमान राज्यव्यवस्थालाई विस्थापीत गर्दै जनताको मौलिक अधिकार सहितको व्यबस्था बैज्ञानिक समाज स्थापना गर्नुपर्ने वताए । कार्यक्रममा विभिन्न संघ संस्था र सरोकारवाला निकायका व्यक्तिहरुको सहभागीता थियो । नेकपाका जिल्ला ईन्चार्ज उमेशको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सो पार्टीका झापा सेक्रेटरी सौगातले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ