काठमाडौं , १० फागुन ।
नेपालमा मानव अधिकारको अवस्था दयनीय बन्दै गएको अन्तर्रा्ष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले जनाएको छ ।
एम्नेष्टिले सन् २०१७÷ २०१८ मा विश्वमा मानव अधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनले दण्डहीनता र अन्य मानव अधिकार सम्बन्धी केही विषयमा सामान्य सुधार आएपनि मानव अधिकार हनन्का विषयमा सरकार गम्भीर नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंमा आज प्रतिवेदन सार्वजनिक गर्दै एम्नेष्टि इन्टरनेशनल नेपालका महासचिव लक्ष्मी निरौलाले पर्याप्त आवासको अधिकार, अत्यधिक बल प्रयोग, श्रमिकको अधिकार, यातना तथा दुव्र्यवहार, सङ्क्रमणकालीन न्याय, दण्डहीनता र विभेद लगायत पक्षमा सरकारको ध्यान नपुगेको बताउनु भयो ।
सरकारको यही रवैया मुलुकमा मानव अधिकार उल्लघंनको कारक भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै धार्मिक अतिवाद, दण्डहीनता, आप्रवासीका समस्या, चरम गरिबी र असमानता विश्वमै मुख्य समस्या बन्दै गएको प्रतिवेदनले देखाएको छ ।
विश्वका १ सय ५९ वटा देशमा मानव अधिकारबारे प्रतिवेदन सार्वजनिक गरेको एम्नेष्टिले एसिया प्रशान्तिय क्षेत्रमा पनि स्थिति सकारात्मक नरहेको बताएको छ । सशस्त्र द्वन्द्व, नागरिकलाई बलपूर्वक बेपत्ता पारिनुजस्ता सरकारका दमनकारी क्रियाकलापले मानव अधिकार संकटमा परेको प्रतिवेदनमा उल्लेख छ ।