नेकपाले आज मुलुकभर मुलुकभर अन्तक्रिया गर्दै

नेकपाले आज मुलुकभर मुलुकभर अन्तक्रिया गर्दै

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, फागुन १० ।
नेपाल कम्युनिष्ट पार्टीले आज मुलुकभर अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आफ्ना नेता तथा कार्यकतालाई विना कारण गिरफ्तार गरेको भन्दै नेकपाले आज त्यसको विरोध स्वरुप मुलुकभर अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

गिरफ्तार गरिएको आफ्ना नेतालाई तत्काल रिहाइको माग गर्दै मंगलबार बन्द गरेको नेकपाले गिरफ्तारमा परेका पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन, पोलिटब्यूरो सदस्य पदम राई विरुद्ध सार्वजनिक मुद्धा लगाएपछि चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उनीहरुलाई गत आइतबार विराटनगरमा भएको शान्तिपूर्ण कार्यक्रमको क्रममा प्रहरीले हस्तक्षेप गरि गिरफ्तार गरेको थियो । नेकपाले पहिलो चरण अन्तर्गत आज उपत्यका सहित मुलुकभर अन्तक्रिया कार्यक्रम गर्न लागेको जनाएको छ । यस अघि नेकपाले हिजो मुलुकभर नै कोण सभाको आयोजना गरेको थियो ।

नेकपाको घोषित संघर्षका कार्यक्रम अन्तरगत भोली प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन, पर्सी प्रदर्शन तथा आइतबार देश व्यापी कार्यक्रमको आयोजना गर्ने रहेका छन् ।

शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा गर्दै पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल विनाशर्त रिहाइ नगरे त्यसको कडा प्रतिकार गर्ने नेकपाले जनाएको छ । रिहाइ नगरे अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने नेकपाको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ