जुर्मुराए जनयुद्धका सहिद परिवारः बलिदानीलाई एमालेले खोस्न सक्दैन

जुर्मुराए जनयुद्धका सहिद परिवारः बलिदानीलाई एमालेले खोस्न सक्दैन

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ९ फागुन ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् ।

पार्टी एकतापछि सहिदको बलिदानीलाई अवमूल्यान हुने भन्दै जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले आज काठमाडौँको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तरक्रिया गरेको छ ।

माओवादी केन्द्र निकट समाजको ६ नम्बर प्रदेशले आयोजना गरेको छलफलमा सहिद परिवारहरुले एकतापछि सहिद राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, बलिदानीको मूल्यांकन र अस्तित्वबारे धारणा राखेका थिए ।

सहिद परिवार समाजका ६ नम्बर प्रदेशका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ले नेकपा एमालेले नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने सहिद परिवारलाई चिन्ता लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो , “हिजो त हाम्रो सरोकार माओवादीसँग मात्रै थियो, अब पार्टी एकता हुँदैछ । एमाले नेतृत्वले कस्तो व्यवहार गर्छ त्यसले एकीकृत पार्टीको नीति बन्ने भएकोले छलफल सुरु गरेका हौँ” ।
एकता हुनुपूर्व जनयुद्धका सहिद परिवारप्रति पार्टी नीति प्रष्ट हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो , “हाम्रो बलिदानीलाई कसैले खोस्न सक्दैन, पार्टी एकता हुनपूर्व सहिद परिवारबारे प्रष्ट नीति चाहिन्छ”

माओवादीहरुबीच एकता नभएर एमालेसँग पार्टी एकता हुन लागेको कारण जनयुद्धका सहिदहरुलाई हेर्ने एमालेको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारको अभिभावक राज्य हुनुपर्ने भेलामा सहभागी सहिद परिवारले धारणा राखेका थिए ।
आजको भेला तथा छलफलले आउँदो साता ६ नम्बर प्रदेशको भेला बोलाउने र देशभरीका सहिद परिवारको राष्ट्रिय कार्यक्रमको पहल गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ