नेकपाले भूमाफियाबिरुद्ध जनकारबाही थाल्ने

नेकपाले भूमाफियाबिरुद्ध जनकारबाही थाल्ने

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले भूमाफियाबिरुद्ध जनकारबाही थाल्ने भएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले सुकुम्बासीका जमिन बेचेर घरवारविहीन बनाउने भूमाफियामाथि जनकार्वाही गर्ने निर्णय गरेको हो ।

बैठकले देशव्यापी रुपमा सुकुम्बासीमाथि भएको ज्यादतीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले विज्ञप्ती जारी गर्दै फागुन १३ गते देखि सुकुम्बासीहरुको संघर्षलाई देशव्यापाी बनाउने निर्णय समेत गरेको जानकारी दिनुभएको छ ।

साथै बैठकले सुकुम्बासी जागरण अभियान पनि संचालन गर्ने, सुकुम्बासी समस्या सम्बन्धी व्यापक अन्तरक्रिया , छलफल , गोष्ठीहरू गर्ने, भूमाफियाहरुलाई जनकारबाही गर्ने, लालपुर्जा प्राप्ति र अन्य सेवासुबिधा लगायतको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

कैलालीको हरैयालगाएत जिल्लाका विभिन्न ठाउँमा दलालहरुले सुकुम्बासी बसेका जमिन बेचेर घरबारविहीन बनाउने कार्यका बिरुद्ध संघर्ष गर्ने पनि निर्णय भएको बिज्ञप्तीमा जनाईएको छ ।

यस्तै संघले सर्लाहीको सागरनाथ परियोजनाले उठाएको बस्ती फिर्ता गर्न संघर्ष गर्ने, बाराको टाँगिया बस्तीको उचित पुनस्र्थापनाको लागि संघर्ष गर्ने, बर्दिया, बाँके, झापा, सुनसरी, महोत्तरी, पोखरा, कंचनपुर, रुपन्देही, नवलपरासी, चितवन, उपत्यकालगायतका ठाउँमा सुकुम्बासीमाथि भएको ज्यादतीका बिरुद्ध संघर्ष गर्ने भएको छ ।

त्यसको लागि यहि फागुन १३ गते देखि देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाईने छ ।

दलाल सत्ता र त्यसले सुकुम्बासीमाथि गर्ने हरेक बिरोधी हर्कतका बिरुद्ध डटेर संघर्ष गर्ने निर्णय गर्दै संघले त्यसमा सहयोग र साथ दिन सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुलाई आग्रह समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ