टिप्परको ठक्करबाट नेविसंघकी नेतृ बन्दना पौडेलको मृत्यु

टिप्परको ठक्करबाट नेविसंघकी नेतृ बन्दना पौडेलको मृत्यु

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

८ फागुन,पोखरा ।

टिपरको ठक्करबाट सोमबार साँझ स्याङ्जा आँधीखोला गाउँपालिका बर्ष २१ कि बन्दना पौडेलकाे मृत्यु भएकाे छ ।

गण्डकी मेडिकल कलेजमा कार्यरत बन्दना साँझ घर फर्कने क्रममा दुर्घटना परेकी हुन् । साँझ ८ बजेको समयमा उनी सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ना ६ ख ९००६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भिर घाइते भएकी पौडेलको  उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाई छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नेपाल विद्यार्थी संघको इकाइ समिति सदस्य समेत रहेकी पौडेल पढाईको साथै राजनीतिकमा पनि अब्बल थिइन‍् । नेविसंघको इकाइ सदस्य भएपनि पौडेलसँग राजनीतिमा ज्ञानसँगै राम्रो भाषण कला थियो । पौडेलको मृत्युले नेविसंघले सम्भावनाले भरिपूर्ण महिना नेतृ गुमाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ