८ फागुन,काठमाडौँ ।
समाचार संकलनको क्रममा प्रहरीले सुनसरीबाट दुई जना पत्रकार गिरफ्तार गरेकोप्रति नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।
मंगलबार प्रहरीले सुनसरीबाट प्रकाशित प्रवोध साप्ताहिकका सम्पादक गमबहादुर लम्देल,संवाददाता जमुना श्रेष्ठ र मर्निङ टाइम्स दैनिकका संवाददाता मीना तम्सुवालाई गिरफ्तार गरेको छ । नेपाल बन्दको समाचार संकलनको क्रममा प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै महासंघले तत्काल रिहाको माग समेत गरेको छ ।
“पेशागत दायित्व निर्वाहमा जुटेका पत्रकारलाई विना कारण पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरी भएको यो कार्यको कडा शब्दमा निन्दा गर्दै पक्राउ गरेको पत्रकारलाई अविलम्ब ससम्मान रिहा गरी संविधानप्रदत्त प्रेस अधिकारको सम्मान गर्न र निर्वाध प्रेस स्वातन्त्रता उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायउँग माग गर्दछ” मंगलबार पत्रकार महासंघका महासचिव रमेश विष्टले जारी विज्ञप्तिमा भनिएको छ ।
