नेकपाका नेताद्वयलाई सावर्जनिक मुद्दा

नेकपाका नेताद्वयलाई सावर्जनिक मुद्दा

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडाैं , फागुन ८ ।  मोरङको विराटनगरमा आयोजीत आमसभामा जादै गर्दा राजवंशीचोकबाट पक्राउ गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’लाई जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक मुद्दा लगाएको छ ।

नेताद्वयलाई जनताको उपस्थितिमा जनसभा गर्न खोजेको  र प्रहरीलाई गालि बेइज्यती गरेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । तर नेताद्वय ओली र राईले विराटनगरमा हुने खुल्ला आमसभामा जादै गर्दा प्रहरीले आफुहरुलाई अन्यायपूर्ण तरीकाले पक्राउ गरेको भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ ।

वर्तमान संविधान अनुसार विनाकारण २४ घण्टा हिरासतमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि पक्राउ गरिएको ४८ घण्टा वितिसकेपछि मात्र नेताद्वयलाई सार्वजनिक मुद्दा लगाउन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराइएको हो । यसैबीच नेकपाका अनुसार ओली र राई लगायतका अन्यायपूर्ण तरिकाले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई रिहा नगरे भोलीबाट संघर्षका थप कार्यक्रम सार्वजनिक हुने नेकपाको उच्च श्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ