कास्कीको विजयपुरमा बम विस्फोट, प्रहरी र पत्रकार गम्भीर घाइते

कास्कीको विजयपुरमा बम विस्फोट, प्रहरी र पत्रकार गम्भीर घाइते

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कास्की, ८ फागुन कास्कीको विजयपुरमा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । समाचार संकलनको क्रममा रहेका पत्रकार र सुरक्षामा खटिएका प्रहरी बम विस्फोटमा परेका हुन् ।

यसैबीच, झापाको दमकमा पनि विष्फोट भएको छ । दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ