काठमाडौँ ,८ फागुन । राजधानी काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत नजिकै बम फेला परेको छ । कास्कीमा बम फिस्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएकै समयमा तीनकुनेस्थित प्रहरी कार्यालय नजिकै बम जस्तै वस्तु फेला परेको हो ।
बम राखिएको हल्ला फैलिएपछि त्रास बढेको छ भने यातायात बन्द छन् । बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
यसअघि राजधानीकै भृकुटीमण्डप नजिकै शंकास्पद वस्तु फेला परेको बताइएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा अाज नेपाल बन्दको अाह्वान गरेको थियो । बन्दका कारण विहानैबाट देशभरको जनजीवन प्रभावित भएको छ ।
यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना चलेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline