नयाँ दिल्ली, फागुन ८ ।
भारतको अरुणाचल प्रदेशको तेजु सहरमा सोमबार भीडले प्रहरी हिरासतमा रहेका दुईजनाको हत्या गरेको छ । बलात्कारको आरोपमा हिरासतमा रहेका दुई संदिग्धलाई भीडले कुटेर हत्या गरेको हो ।
मृतकमध्ये एकजनामाथि पाँच वर्षीय बालिकालाई कथित बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई सो अपराधमा सहयोग गरेको आरोप लागेको थियो ।
अरुणाचल प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरीका डिआइजी (पूर्वी रेन्ज) अपुर बिटिनले भीडले प्रहरी हिरासतमै हमला गरेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline