एजेन्सी ८ फागुन ।
पेरुका पूर्व राष्ट्रपति अल्बेर्टो फुजीमोरीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
कारागारबाट भर्खरै छाडिएका पूर्व–राष्ट्रपति अल्बेर्टोलाई सन् १९९२ मा ६ जना किसानलाई मारेको मुद्दामा फेरि अदालतमा उपस्थित हुन आदेश दिइएको बीबीसीले जनाएको छ ।
मानव अधिकारको उल्लंघन र भष्ट्राचार गरेको आरोपमा २५ वर्षको जेल सजाय पाएका उनलाई झण्डै एक महिना अघि कारगारबाट छाडिएको थियो ।
गत जनावरीमा कारगारबाट मुक्त गरिएका ७९ वर्षीय फूजीमोरीलाई गएको क्रिस्मस डे मा क्षमा दिइएकामा राजधानी लिमाको एक अदालतले उनलाई नयाँ मुद्दाको सामना गर्न पुनः अदालतमा हाजिर हुन आदेश दिएको हो ।
उक्त अदालतले उनीसँगै अन्य २२ जना विरुद्ध मुद्दा चलाएको छ । फूजीमोरी पेरुका नागरिकमा अलोकप्रिय मानिन्छन् । सन् १९९० देखि २००० सम्मको उनको पदावधिमा सरकारको विरुद्ध २ ठूला आन्दोलन चर्किएका थिए ।
गएको डिसेम्बरमा पेरुका राष्ट्रपति पेड्रो पाब्लोले फूजीमोरीलाई क्षमा दिन माग गर्दा राजधानी लिमामा व्यापक प्रदर्शन समेत भएको थियो ।