काठमाण्डौ , ७ फागुन ।
अघिल्लो बर्षको तुलनामा सन् २०१७ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा बृद्धि भएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले आज काठमाण्डौ एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रतिवेदनमा यस बर्ष ६ हजार ५९ वटा मानवअधिकार उल्लङघनका घटना भएको जनाईएको छ ।
यो सङख्या सन् २०१६ को तुलनामा १ हजार ५ सय ५७ ले बढी रहेको ईन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभयो ।
यस वर्ष राज्य पक्षबाट ८६ महिला सहित ७ सय ७७ जना र गैरराज्यपक्षबाट ४ हजार ५ सय ७९ महिलासहित ५ हजार २ सय ८२ जना पिडित भएको तथ्याङक रहेको उहाँले बताउनु भयो ।
यस्तै सोहि अवधीमा सुरक्षाकर्मीको गोली लागेर देशभरमा ११ जनाको मृत्यु हुनुका साथै शान्तिपूर्ण कार्यक्रम तथा भेलामा हस्तक्षेप गर्दा १ सय ६७ र कुटपिटबाट ७९ जना पिडित भएके प्रतिवेदनमा उल्लेख छ ।
यो बर्ष बलात्कारका घटनामा २ सय ६५ जना , बोक्सीको आरोपमा ३३ जना , यौन दुव्र्यवहारमा ४४ जना , बलात्कार प्रयासका घटनामा १ सय २० जना , बेचविखन ४० र बेचबिखनको प्रयासबाट ७३ जना पीडित भएके पनि जनाईएको छ ।
सोहि कार्यक्रममा सन् २०१७ को मानव अधिकार स्थितीको समग्र मूल्याङकन समेटिएको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०१८ विमोचन गरिएको थियो । उक्त पुस्तक पूर्व प्रधानन्यायधिस् शुसिला कार्कीले विमोचन गर्नुभएको थियो ।