७ फागुन,काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्कालाई प्रहरीले सोमबार साँझ काठमाडौंबाट गिरफ्तार गरेको हो ।
अखिल क्रान्तिकारीका महाचिव दिपेन्द्र चलाउनेले गिरफ्तारीको अापत्ति जनाउँदै विना सर्त रिहा नगरे संघर्षमा जान बाध्य हुने बताए ।
दुबै नेतालाई प्रहरी प्रभाग सिंहदरवरमा राखिएको चलाउनेले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline