माओवादी लडाकुको आक्रमणमा परी दुई भारतीय सैनिकको मृत्यु

माओवादी लडाकुको आक्रमणमा परी दुई भारतीय सैनिकको मृत्यु

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भारत ७ फागुन ।

माओवादी लडाकुले थापेको एम्बुसमा परी दुई भारतीय सैनिक जवानको मृत्यु भएको छ ।

भारतको छत्तिसगढ राज्यको सुकमा जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार लडाकुले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजको विशेष टास्क फोर्सका २ जवानको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनामा अन्य ६ जना घाइते भएका छन् । सुकमा जिल्लाको भेजी पुलिस स्टेसनको इलाकामा भएको घटनामा माओवादी छापामारहरूले सैनिकको गाडीमा समेत आगजनी गरेका छन् ।

माओवादी विरूद्भको सर्च अपरेसनमा गएको संयुक्त सुरक्षा फौज क्याम्पमा फर्किने क्रममा छापामारले थापेको एम्बुसमा परेको थियो ।

प्रहरीले भने घटनामा २० जना नक्सलवादी लडाकु मारिएको दाबी गरेको छ । एम्वुस विस्फोट भएसँगै भएको झडपमा परी २० जना नक्सलवादी लडाकु मारिएको नक्सलवादी विरोधी अभियानका विशेष प्रहरी महानिर्देश डीएम अवस्थीले दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ