चन्दन रौनियार/ फागुन ,७सुनसरी । नेपाल र भारतका ७० जना पत्रकारहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय प्रेस क्लब भारतले ‘नेपाल भारत मैत्री सुदृढीकरणमा पत्रकारको भूमिका’ विषयक छलफल कार्यक्रम हालै भारतमा सम्पन्न गरेको छ ।
भाप्रसेका जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले नेपाल भारत बिच रामायणको महाभारत कालदेखि नै बेटिरोटिको सम्बन्ध रहेको भन्दै नेपालमा हुने भारतीयहरुको मुख्य समस्या नागरिकता भएको बताए ।
नागरिकताको विषयमा मधेशी पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । छलफल कार्यक्रमका मुख्य अतिथि सेवा निवृत, जिल्ला एवं सत्र न्यायाधीश अमरनाथ सहायले नेपालमा हुने भारतीयहरुको मुख्य समस्या नागरिकताका विषयमा सम्पूर्ण भारतीय सञ्चार माध्यमले पूर्ण रुपमा सहयोग गर्ने बताए ।
कार्यक्रममा भारतीय नेतृ प्रिति झाले भनिन् –‘एउटा राष्ट्रसेवक जुन नेता हुन्छ तर नेता भएर ल्याउन नसक्ने आमूल परिवर्तन एउटा कर्मनिष्ठ पत्रकारले ल्याउछ्न र सावित गरेर देखाउन सक्छन त्यसैले मेरो यो महायज्ञमा सम्पूर्ण संचारकर्मीहरुले सघाइदिन आग्रह गर्दछु ।’ त्यसैगरी मधेशी पत्रकार टुडेखबर अनलाइनका चन्दन रौनियारले कलम जुन आफैमा परिपूर्ण भएको र जसलाइ राष्ट्रकै चौथो दर्जमा राखिए पनि मधेश र नेपालमा दलगत मिडिया हुने भएकोले स्वतन्त्र हुन नसकेको बताए ।
सोही अवसरमा पत्रकारहरुको साझा संगठन निर्माण भएको छ । पत्रकारहरुको अन्तर्राष्ट्रिय संगठन ‘इण्डो नेपाल’ स्थापना गरिएको एबिपी न्यूजका बिजय प्रसादले जानकारी दिएका छन् । जसको माध्यमले बिश्वका कैयौं देश बिदेशका मिडियाकर्मीले खुलेर आफ्नो बिचार राख्न सक्छन् ।
अन्तरक्रिया पछि अन्तर्राष्ट्रिय प्रेस क्लब भारतले नेपालका मधेशी क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुनसरीका चन्दन रौनियार, मोरङ्गका श्याम सुतिहार, हिरा शाह, उषा उराव र पदम सरदार, झापाका बिकास राजवंशी र नितेष चौधरी, बाराका अनिल बर्मा र सबिर आलम, धनुषाका जितेन्द्र अक्षत, कुलदिप साह, पारसमनि ठाकुर, निभा झा, र सिरहाका गणेश कुमार शर्मा रहेका छन् ।
त्यस्तै उक्त अबसरमा भारत नेपाल सामाजिक सांस्कृतिक मंचका अध्यक्ष राजेश कुमार शर्मा, पत्रकारहरु सशंक सुमन, चन्दन कुमार, अरुण झा, प्रमोद कुमार यादवलगायतलाई कदरपत्र सहित सम्मान गरेको थियो ।