पाकिस्तानले मोदीलार्इ पठायाे झण्डै तीन लाखकाे बिल , यस्ताे छ कारण

पाकिस्तानले मोदीलार्इ पठायाे झण्डै तीन लाखकाे बिल , यस्ताे छ कारण

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।

पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै  ‘रुट नेभिगेशन शुल्क’ बापत पाकिस्तानले भारतलाई बिल पठाएको हो ।

भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्न आकस्मिक रुपमा लाहोर पुगेका थिए । यसबापत पाकिस्तानले ‘रुट नेभिगेशन चार्ज’ एक लाख ४९ हजार तोकेको छ ।

त्यस्तै मोदीले सन् २०१६ मे महिनामा इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिएको छ । त्यस्तै सोही वर्षको जुन महिनामा कतार भ्रमणका क्रममा मोदी सवार विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत ५९ हजार २१५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

विदेश भ्रमणलाई मोदीले निकै प्राथमिकता दिएका छन् । पछिल्ला दुई वर्षमा उनको विदेश भ्रमणका क्रममा भारतीय वायु सेनाको विशेष विमान प्रयोग गरेबापतको खर्चमात्र करिब दुई करोड रुपैयाँ रहेको बताइएको छ । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ