प्रहरी दमन र हस्तक्षेपकाबीच नेकपाको युवा संगठनको सम्मेलन सुरुः बन्द शत्र जारी, दमनले क्रान्ति नरोकिने चेतावनी

प्रहरी दमन र हस्तक्षेपकाबीच नेकपाको युवा संगठनको सम्मेलन सुरुः बन्द शत्र जारी, दमनले क्रान्ति नरोकिने चेतावनी

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

इटहरी , ६ फागुन ।

प्रहरीको दमन तथा हस्तक्षेपका बाबजुत नेपाल कम्युनिष्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
सम्मेलन अन्तरगत अहिले इटहरीमा बन्द सत्र जारी छ । विराटनगरको गुन्द्रिबजारमा सम्मेलन गर्ने तय गरिएपनि सम्मेलन सुरुहुँनु अघि नै प्रहरीले ब्यापक धरपकट र हस्तक्षेप गरको थियो । सो क्रममा नेकपाको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई लगायत सयौ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सम्मेलनमा सहभागी हुँन जादै गरेको अवस्थामा नेकपा नेताहरुलाई गाडि सहित गिरफ्तार गर्नुका साथै सम्मेलन स्थलमा सयौको सङख्यामा प्रहरी परिचालन गरि मन्च बनाउन नदिने तथा सहभागीहरुलाई सम्मेलन स्थल प्रवेशमा रोक लगाएर सम्मेलन बिथोलेको थियो ।
तर युवा जनस्वयमसेवकले आजै साझ प्रहरीको दमन र गिरफ्तारीको बीच स्थल परिवर्तन गरि भब्य रुपमा सम्मेलनको आयोजना गरेको हो ।


ईटहरीमा सुरु भएको सम्मेलनको नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीले उद्घाटन गर्नुभयो ।
बन्द शत्रमा अहिले ७५ वटै जिल्लाबाट करिब तीन सय भन्दा बढी प्रतिनिधी पर्यवेक्षक हरु सहभागी छन् । हजारौको सङ्ख्यामा देशैभरबाट आएका प्रतिनिधी पक्षवेक्षक प्रतिनिधीहरुमाथि दमन गर्दै सयौको सङख्यामा अझै प्रहरीले हिरासतमा राखेको छ । भने केहिलाई आजै साझ छाडेको थियो ।


सम्मेलनको उद्घाटन गर्दै उहाँले दमन तथा गिरफ्तारीको भत्सना गर्दै दमनले क्रान्ति नरोकिने चेतावनी दिँदै यसरीनै सरकारले दमन गरे आफुहरु कडा रुपमा प्रतिरोधमा उत्रने बताउनु भयो ।

उहाँले गिरफ्तारीको घोर भर्तसना गर्दै ओली सरकारले यो कदम रोकेर गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत रिहा नगरे पार्टी कडा संघर्षमा उत्रने भन्दै सबै युवाहरुलाई लामबद्ध भएर प्रतिरोधमा उत्रन पनि आग्रह गर्नुभयो ।


सम्मेलनले बिधान प्रतिवेदन पारित गरेर नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ