६ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन अायोजक समूहका संयोजक गोपाल किरातीले राष्ट्रिय युवा जनस्वयमसेवकको कार्यक्रममाथि प्रहरी हस्तक्षेपविरुद्ध अापत्ति जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनमाथि प्रहरीले गरेको हस्तक्षप र गिरफ्तारीप्रति किरातीले विरोध जनाएका छन् ।
संयोजक किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर राज्य अातंक सुरु गरेको बताए । किरातीले अाइतबार एक विज्ञप्ति जारी गरेर तानाशाही शैलीमा गिरफ्तार गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित सम्पूर्ण नेता-कार्यकर्ताको तिहाइको माग समेत गरेका छन् ।
त्यसैगरी संयोजक किरातीले प्रधानमन्त्री ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राज्य अातंक सुरु गरेको भन्दै समर्थन फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अाग्रह समेत गरेका छन् ।
अाइतबार विराटनगरमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राईसहित २ सय जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो ।