इरानमा विमान दुर्घटना हुँदा ६६ को मृत्यु

इरानमा विमान दुर्घटना हुँदा ६६ को मृत्यु

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी फागुन ६ ।

ईरानको सेमीरोममा आज विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ ।
इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको हो ।

४ जना चालक दलका सदस्य सहित ६६ जना यात्रु सवार सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना हुदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको र क्षतीको विवरण आइनसकेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । घटनास्थल दुर्गम पहाडी भेगमा भएका कारण एम्वुलेन्स पठाउन नपाइएको र उद्दारका लागि हेलिकोप्टर पठाइएको बताईएको छ ।

विमानले आपतकालिन अवतरणको प्रयास गर्ने क्रममा दुर्घटना भएको स्थानीयबासीलाई उदृत गर्दै एमएनएले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ