नेकपाका गिफ्तार सबैलाई रिहाईको मागगर्दै विरोध प्रर्दशन

नेकपाका गिफ्तार सबैलाई रिहाईको मागगर्दै विरोध प्रर्दशन

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

अम्बिका चन्द / काठमाडौं :नेकपाकास्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई लगायत सयौ नेता कार्यकर्तालाई प्रहरीले गिफ्तार गरेको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेका छन् । अहिले झापाको काँकडभित्तामा विरोध जुलस प्रर्दशन भइरहेको छ । यस्तै पक्राउको विरोधमा विराटनगरको महेन्द्रचोकमा पनि रुद्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । जुलुसबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विराटनगरकै संसारीमाइमा गरिएको विरोध जुलसमाथि प्रहरीले लाठि चार्ज गर्दा त्यस क्षेत्रमा तनाव उत्पन्न भएको खबर छ ।

यसैबिच सुनसरीबाट विराटनगरतर्फ जादै गरेको चारवटा बस मोरङको हातिमुढामा प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै विभिन्न ठाउँहरुबाट गरी ९ बस प्रहरीले नियन्त्रणमा लिएको नेकपाको पुर्वी कमाण्ड कार्यालयले जनाएको छ ।

ती बसहरुमा विराटनगरमा आज हुने भनिएको राष्ट्रिय युवा जनस्वयं सेवकको उद्घाटन समारोहमा भागलिनेहरु सवार थिए ।  भर्खरै प्राप्त समाचारअनुसार विराटनगरको महेन्द्रचोकमा भइरहेको विरोध प्रर्दशनका क्रममा युवा जनस्वंसेवकका जिल्ला अध्यक्ष सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ