चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

झापा, फागुन ६ । झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि यो प्रविधि सुरु भएकाे हाे ।

याे सँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए ।

आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।

यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो ।

आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ