काठमाडौं ,५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताएका छन्।
नेकपा (एमाले)को कानुन विभागले गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्।
‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टी होइन, पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ।’
प्रधानमन्त्री ओलीले देश राजीनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडी बढेको बताएका छन्। प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्ने प्रष्ट पारे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline