यसरी भयाे समाचारको पुष्टी: ‘रअ’ले धम्की दिएको प्रचण्डद्वारा स्वीकार !

यसरी भयाे समाचारको पुष्टी: ‘रअ’ले धम्की दिएको प्रचण्डद्वारा स्वीकार !

  • शनिबार, फाल्गुन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

५ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता रोक्न अाफूहरुलाई धम्की अाइरहेको बताएका छन् ।

शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमाले र माकेको एकता असफल पार्न अहिले पनि षड्यन्त्र भइरहेको दाबी गरे । प्रचण्डले एकता असफल बनाउन एमाले र माकेका नेताहरुलाई धम्की अाइरहेको बताउँदै भने, ‘गठबन्धनलाई सफल हुन नदिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई धम्की आएको छ, हामी कोही पनि यस्तो धम्की र प्रलोभनमा फस्नु हुँदैन ।’ उनले यस्ता धम्कीबाट दुबै पार्टीका नेताहरु नडराउने बताए ।

काठमाडौंमा प्रधानमन्त्री तथा एमाले अध्‍यक्ष केपी शर्मा ओलीसँग ४५ मिनेट वार्ता गरेर मधेस झरेका प्रचण्डले अगाडि भने, ‘एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन खोज्ने षडयन्त्रको विरुद्ध दुबै पार्टीका नेता–कार्यकर्ताले आफ्नो पार्टी र नेतालाई सतर्क बनाउने जिम्मेवारी आएको छ ।’ नेताको मात्रै भर पर्न नहुने भन्दै भन्दै सबै जनता र कार्यकर्ता अगाडि आएर षडयन्त्रकारीहरुको प्रयास सफल पार्न अपील समेत गरे ।अनलाइन डबलीबाट

यस्तो थियो समाचार 

प्रचण्डलाई ‘रअ’ को धम्कीः ‘छोरा प्रकाशको बेडमा पुगेको त थाहा होला नि ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ