मेक्सिकोमा शक्तिशाली भुकम्प

मेक्सिकोमा शक्तिशाली भुकम्प

  • शनिबार, फाल्गुन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी, फागुन ५ ।
मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयलाई उद्धत गर्दै विविसीले बताएको छ ।

भुकम्पका कारण ओसाकाका केही भौतिक संरचनाहरु भत्कएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद आइलागेको न्यूयोर्क टाइम्सलाई उद्धत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ