कस्तो बन्दै छ वामगठन्धनको ५ वर्षे आर्थिक समृद्धिको खाका ?

कस्तो बन्दै छ वामगठन्धनको ५ वर्षे आर्थिक समृद्धिको खाका ?

  • शनिबार, फाल्गुन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, फागुन ५ ।
वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई आज अन्तिम रुप दिँदैछ । एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा गठित कार्यदलले सरकारको प्राथमिकताहरु निर्धारण गर्न लागेको हो ।

कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा अहिले केहिवेरपछि बस्ने छ । प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

कार्यदल सदस्य एवं अर्थ्विद् डा युवराज खतिवडाले सरकार गठनअघि नै बुझाउनुपर्ने भएपनि ढिलाई भएकाले आज अन्तिम रुप दिइने बताउनुभयो । सो कार्यदलले अघिल्लो सरकारले गरेका केही निर्णयलाई खारेजी गर्न सुझाव दिने बताएको छ ।

सरकारी कामको प्रक्रिया लम्बिनुमा सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो भएको निश्कर्ष निकाल्दै कार्यदलले यसको अवघि छोट्याएर फास्ट ट्रयाकमा काम गर्ने खालको विधी बनाउनुपर्ने निश्कर्ष निकालेको छ ।

यस्तै सहकारीको अधिकार बढाउनुपर्ने, पछिल्लो शिक्षा ऐनले निजी विद्यालयलाई बढी प्राथमिकता दिएकाले अब सहकारी विद्यालयलाई पनि प्रर्वद्धन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ