४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटेर भाग्दै गर्दा प्रहरीले तेस्रोलिङ्गी समूहको एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियार छन् ।अन्य ४ जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ ।
उनीहरुले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३४ वर्षीय सोमराज घलानको साथबाट १ लाख २५ हजार लुटेर भागेका थिए ।लुटिएको मध्ये ३२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline