वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

कपिलवस्तु, ४ फागुन ।  मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ ।

वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताउनुभयो ।

आफ्नो छोराको अपहरण भएको खबर साँझ ५ः०० बजे मात्र थाहा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।” अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदले जानकारी दिनुभयो । उनको खोजीका लागि उहाँले सबैसँग आग्रह गर्नुभएको छ । अपहरणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ