डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, फागुन ४ ।
डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो ।

अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँगसम्बन्धित विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेको यस विधेयकविरुद्ध भिटो प्रयोग गर्ने अभिव्यक्ति समेत दिनुभएको छ । आगामी मार्च ५ सम्म समाधान खोज्न पनि संसदलाई ट्रम्पको आग्रह छ ।

डिभी चिठ्ठा कार्यक्रम अन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिश गर्न सक्ने व्यवस्था पनि छ । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आउनु भएको छ ।

विधेयक पारित नहुँदा नेपालीलाई पनि राहत मिलेको छ । डीभी परेर अमेरिका पुग्ने विदेशीमध्ये नेपाली अग्र स्थानमा रहँदै आएका छन् । वर्षेनी झन्डै चार हजार नेपाली डीभी चिठ्ठामार्फत् नै अमेरिका पुग्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ