सिन्धुपाल्चोक , ४ फागुन ।
अरनीको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसेमा आज मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका ८ का ३५ बर्षिय शेखर अधिकारी, सोही वडाका ४० बर्षिय सुब्बा अधिकारी र २० बर्षिय कमल अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गाडी सडकबाट १६० मिटर तल भोटेकोसी नदीमा खसेको थियो । अहिले क्रेन बोलाएर ट्रक निकाल्ने तयारी भईरहेको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline