लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिस्पर्धा हुनुपर्छ : ढकाल

लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिस्पर्धा हुनुपर्छ : ढकाल

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फाल्गुण् ३, दाङ्ग। आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थप्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ ।
“उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास”भन्ने मुलनाराका साथदाङ्गउद्योग वाणिज्य संघको आयोजनामाआजघोराहीमाआयोजितचौथो दाङ्गव्यापारिक तथापर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधनगर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
उपाध्यक्ष ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानीभित्राउनविभिन्नविदेशीलगानी र निजी क्षेत्रलाई सुविधादिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनिहुनु पर्ने बताउनु भयो ।
एशियाकै दोस्रो ठूलो उपत्यकादाङ्गमा कृषिपर्यटन र खानीउद्योगको क्षेत्रमाअपार सम्भावना रहेको उल्लेख गर्दैयी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यमबनाउने कार्यमास्थानीयउद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानीगर्न चाहने इच्छुक सबैसंग मिलेर कामगर्न नेपालउद्योग वाणिज्य संघ सदैव तयार रहेको बताउनु भयो ।
सम्माननीयउपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुखआतिथ्यमा सम्पन्नभएको उक्तकार्यक्रममापूर्व उप्रप्रधानतथा अर्थमन्त्री कृष्ण बहादुर महरा, दाङ्गबाट निर्वाचित जन प्रतिनिधिहरु र नेपालउद्योग वाणिज्य संघका केन्द्रिय सदस्य भरतराजआचार्य एंवमध्रुवराजश्रेष्ठ (भारी) लगायतकाविभिन्नव्यक्तित्वहरुलेमहोत्सव सफलताको शुभकामनाब्यक्तगर्नुभएको थियो ।¬¬
आइएमई रेमिटेन्स, बैंकिंग, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमालगानीविस्तार गर्दै आइरहेकोएक सफल व्यवसायिक ग्रुप हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ