शेयर बजार उकालो लाग्यो

शेयर बजार उकालो लाग्यो

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ३ फागुन। 

लामो समयदेखि ओरालो लाग्दै आएको शेयर बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो ।
अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो ।
बैंकिङ ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५ं५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रो फाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ