दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा पदबाट राजीनामा

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा पदबाट राजीनामा

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी,फागुन ३ । आफ्नै पार्टीको निरन्तर दवावपछि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिएका छन् ।

उनले टेलिभिजनमा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले पार्टी निर्णयबाट आफू असन्तुष्ट रहेको समेत बताए ।

उनले सम्बोधनका क्रममा आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताए ।

आफ्नो कारण कसैको ज्यान नजाओस् र पार्टी विभाजन नहोस् भनेर तत्कालको समस्याका कारण राजीनामा दिने निर्णय गरेको उनले बताए ।

पद छाडे पनि अफ्रिकी जनताका लागि काम गरिरहने उनको प्रतिबद्धता थियो । जुमाको बार्टी एएनसीले उनलाई राजीनामा गर्न दबाब दिँदै आएको थियो ।

राजीनामा नदिए संसद्को सामना गर्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको थियो ।

आफ्नै पार्टीले राजीनामा माग गरेपछि उनको राजीनामा माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएको थियो ।

७५ वर्षीय जुमालाई उनको पार्टीले उप–राष्ट्रपति रामाफोसालाई एएनसीको नयाँ नेता बन्ने बाटो खोलिदिन आग्रह गरेको थियो ।

सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भ्रष्टाचार र घुस लिएको आरोप लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ