महाराजगंजस्थित शिक्षण अस्पताल अगाडि मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

महाराजगंजस्थित शिक्षण अस्पताल अगाडि मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, फागुन ३ । काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल अगाडि सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ ।

साढे १ बजे रोकीराखेको ना६ख ५२१६ नम्बरको ट्रकमा बा७३प १८८२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हाे ।मोटरसाईकलमा पछाडी सवार व्यक्ति भने गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौं बुढानिलकण्ठका २१ बर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिचय खुल्न नसकेका घाईते अन्दाजी २० बर्षीय युवकको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

दुवै सवारी साधनलाई महाराजगंज वृत्तले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तीव्रगतिमा आएको मोटरसाइकल अनियन्त्रित भइ ट्रकमा ठोक्किएको हो ।

घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ