संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदलाई सेनाले यसरी फाल्यो!

संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदलाई सेनाले यसरी फाल्यो!

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, फागुन ३ । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा बुधबार सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ ।

त्यहाँको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले केही तस्वीर ट्वीट गरेको छ । तस्वीरमा सेनाका जवानले सांसदहरुलाई उचाल्दै संसद भवनको कम्पाउन्ड बाहिर फालेको देखिन्छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा गरेका छन् । विपक्षीहरुले भने राष्ट्रपतिको कदमको चर्को आलोचना गर्दै आएका छन् ।

माल्दिभ्सको संसद भवन सेनाको घेराबन्दीमा छ । विपक्षी नेता अब्दुल सतारका अनुसार सेनाले संसद भवन जान खोजेका सांसदलाई बाहिर फालेको छ । प्रधानन्यायाधीश अब्दुल्ला सइदले आफ्नो कार्यालयमा देशको परिस्थितिबारे धारणा राख्न खोज्दा उनलाई पनि जबरजस्ती तानेर लगिएको सतारको दावी छ ।

पूर्वप्रधानमन्त्री मौमुन अब्दुल गैयुम, प्रधानन्यायाधीशसहित विपक्षी केही नेतालाई सरकारले नजरबन्दमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ